जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • एनसेल र जल तथा मौसम विज्ञान विभाग बीच समझदारी पत्रमा हस्ताक्षर

एनसेल र जल तथा मौसम विज्ञान विभाग बीच समझदारी पत्रमा हस्ताक्षर

एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ ।

यससँगै अब कम्पनीले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ ।

यस सम्बन्धमा बुधबार दुवै पक्षका प्रतिनिधिले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ ।

ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषणलगायत छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले एक कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा विभागका महानिर्देशक कर्माचार्यले भने, ‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिएका थिए ।

त्यसैगरी,कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए ।

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सूचीत गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ ।

सन् २०१६ देखि कम्पनी र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्व सूचना प्रवाह गदै आएका छन् ।

सन् २०२३ मा ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको कम्पनीले बताएको छ ।

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका