जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सांसदको आरोपमा मीनबहादुरको आपत्ति, ‘अवैध भेप भाटभटेनीको होइन, तथ्य बुझेर बोलौं’

सांसदको आरोपमा मीनबहादुरको आपत्ति, ‘अवैध भेप भाटभटेनीको होइन, तथ्य बुझेर बोलौं’

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले अवैधरुपमा भित्रिएको भेपबारे सांसदहरुले लगाएको आरोपको खण्डन गरेका छन्। उनले बिहिबार प्रेस विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोकमा समातिएको ट्रकमा रहेको भेप आफूले आयात नगरेको प्रस्ट पार्दै सांसदहरुलाई तथ्यमा आधारित भएर अभिव्यक्ति दिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बिहिबारकै बैठकमा सांसद गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा समातिएको भेप भाटभटेनी सुपरमार्केटको भएको आरोप लगाएका थिए।

‘सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको अवैध भेप भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं,’ गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘प्रतिनिधि सभामा व्यक्त धारणा तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौं। भेपसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ठोकुवा गर्नु खेदजनक कार्य हो।’

उनले मुलुकको समृद्धिको अभियानको अग्रणी कर्पोरेट संस्थाविरुद्ध कपोलकल्पित आरोप लगाइएको भन्दै त्नयसको पछि नलाग्न आम नागरिकसँग अपिल गरेका छन्।

‘अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन अवैध भेपलाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौं।’

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?