जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा “नेपाल दसैं अभियान-२०२४” को विजेताहरु घोषणा

महालक्ष्मी विकास बैंकद्वारा “नेपाल दसैं अभियान-२०२४” को विजेताहरु घोषणा

महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बंैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ ।

नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो ।

विजेतहरु क्रमश: नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका