जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ

सोमबार जकनपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् ।

मंगलबार अदालतबाट पक्राउको पुर्जी जारी भएसँगै प्रहरीले देशभर पत्र पठाएको थियो ।

साहलाई मंगलबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषा पठाइनेछ । जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको केही घण्टामै उनी पक्राउ परेका हुन् ।

सोमबार जनकपुरबाट काठमाडौं आएका साह आज धनुसा फर्कने क्रममा विमानस्थल पुगेका थिए ।

साहले सोमबार जनकपुरस्थित विमानस्थलमा बुद्ध एयरको जहाज ढिला आएको भन्दै झगडा तथा कर्मचारीलाई धकेलेका थिए । सोमबार बिहान ११ः४० मा उडान हुनुपर्नेमा दिउँसो साढे २ बजेसम्म पनि विमान नआएको भन्दै उनले झगडा गरेका थिए ।

6615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका