"/> कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती | Aathikbazarnews.com कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती – Aathikbazarnews.com
जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती

कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती<div class=
" class="lazy">

कुमारी बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर झिनो कटौती गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिएको थियो। जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ४.११ प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ४.३१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.८१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ५.७१ प्रतिशत ब्याजदर पाउनेछन् ।

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ४.३१ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि लागि ४.५१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५.०१ प्रतिशत, २ वर्ष र सो भन्दा माथिका लागि ५.९१ प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा ३.०५ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि ३.२५ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ४.९१ प्रतिशत ब्याजदर पाउने छन् ।

1115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?