जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ऋणपत्र निष्कासनका लागि मुक्तिनाथ विकास बैंकले पायो बोर्डबाट स्वीकृति

ऋणपत्र निष्कासनका लागि मुक्तिनाथ विकास बैंकले पायो बोर्डबाट स्वीकृति

मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ८ दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको प्रतिऋणपत्र रू. १ हजार दरको रू. १ अर्ब २५ करोड बराबरको उक्त ऋणपत्र निष्कासनका लागि असार ८ गते अनुमति पाएको हो ।

कुल कित्तामध्य रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्ने र रू. ५० करोड बराबरको ५ लाख कित्तामध्य २५ हजार कित्ता सामूहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ४ लाख ७५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउने जानकारी बैंकले गराएको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

7545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका