जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मन्त्रिपरिषद बैठक बस्दैः गभर्नर नियुक्ति सिफारिस समिति सदस्य नियुक्त गर्ने सम्भावना

मन्त्रिपरिषद बैठक बस्दैः गभर्नर नियुक्ति सिफारिस समिति सदस्य नियुक्त गर्ने सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा.विश्व पौडेलको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ।

उनको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ। राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।

सोही समझदारीका आधारमा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको बताइएको छ। दुई दलीय भागबण्डामा गभर्नर कांग्रेसले लिने समझदारी भएको छ।

950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?