जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • मेगा बैंकमा खाता खोल्दा डेढ करोडसम्मको बीमा

मेगा बैंकमा खाता खोल्दा डेढ करोडसम्मको बीमा

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ ।

ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ ।

खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ । तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ । जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १,५०,००,००० (डेढ करोड) सम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ । यो बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम हो । यो खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीको विश्वास छ ।

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसका अलवा मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ ।

6800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका