
सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अब वृद्धभत्ता लिनेको उमेर ७० वर्ष पुग्नु पर्नेछ । वृद्धभत्ता भने वृद्धि भएको छैन । हाल सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक ४ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
त्यस्तै सरकारले कर्मचारीको भत्ता बढाएको छ । सबै सरकारी कर्मचारीको भत्ता मासिक पाँच हजार पुर्याएको घोषणा गरेका हुन् । सरकारले कमर्चारीको तलब भने बढाएको छैन । ‘राष्ट्रसेवकहरूको सेवा सुविधा समय सापेक्ष बनाउनुपर्ने आवश्यकताबोध भएतापनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापी, सबै राष्ट्रसेवकहरूका लागि सम्वत् २०८२ साउन १ गतेदेखि लागु हुनेगरी महङ्गी भत्ता वृद्धि गरी मासिक रु. ५ हजार पुर्याएको छु’ बजेटमा अर्थमन्त्रीले भने । हाल कर्मचारीले मासिक ३ हजारसम्म महङ्गी भत्ता खाँदै आएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































