जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर : बैंकिङ सुपरिवेक्षणमा रावल

राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर : बैंकिङ सुपरिवेक्षणमा रावल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले उच्चपदस्थ कर्मचारीहरुको जिम्मेवारी फेरदबल गरेका छन्। मंगलबारबाट लागू हुने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंक सुपरिवेक्षण विभाग प्रमुख बनाएका हुन्।

मुद्रण विभागमा निर्देशक रहेका उनी बढुवा भएसँगै मंगलबारबाट सुपरिवेक्षण विभाग सम्हाल्नेछन्। यता सुपरिवेक्षण विभाग प्रमुख रहेका राष्ट्र बैंकका प्रवक्ता रामु पौडेललाई भने गभर्नरले मुद्रण विभाग प्रमुख बनाएका छन्।

मुद्रण विभाग प्रमुख रहेका प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागको प्रमुख बनाएपछि रामुलाई मुद्रण विभागको जिम्मेवारी दिइएको हो।

यसअघि, आर्थिक अनुसन्धान विभाग, मानव संशाधन व्यवस्थापन विभाग, बैंकिङ विभाग र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक परिवर्तन गरिएको थियो । अनुसन्धान विभागमा भएका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको थियो । मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो ।

यस्तै, बैंकिङ विभागको कार्याकारी निर्देशक रहेका विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । बैंकिङ विभागमा डा. डिल्लीराम पोखरेललाई पदस्थापन गरिएको छ । उनी पनि हालै कार्यकारी निर्देशक बनेका हुन् ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका