जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सेबोनका कर्मचारीलाई सुपरिवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह

सेबोनका कर्मचारीलाई सुपरिवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह

धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले सेबोनका कर्मचारीलाई सुपरीवेक्षणको तालिम दिन राष्ट्र बैंकलाई आग्रह गरेको बताएका छन् । 

अर्थ समितिको बिहीबार बैठकमा उनले धितोपत्र बजारमा नियमन कमजोर भएका कारण सुपरीवेक्षणका लागि राष्ट्र बैंकको सहयोग लिन लागेको र कर्मचारी दक्ष बनाउन लागेको बताए ।

बोर्डले केही प्राविधिक बिषय बुझ्न परेमा नेप्सेको सहयोग लिनु पर्ने अवस्था रहेको बताए । ‘हामीसँग डेटामा एक्सिस छ,’ उनले भने, ‘तर काम गर्न सक्ने क्षमता छैन ।’

उनले सामाजिक सञ्जाल नियमन गर्न आवश्यक रहेको बताए । क्लब हाउसमा लगायतमा नियमन आवश्यक रहेको उनको भनाइ छ ।

2900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका