जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • बैंकिङ क्षेत्रलाइ प्रभावकारी बनाउन प्रतिबद्ध छुः गभर्नर डा. पौडेल

बैंकिङ क्षेत्रलाइ प्रभावकारी बनाउन प्रतिबद्ध छुः गभर्नर डा. पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको बैंकिङ क्षेत्रलाइ प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको विदाइ तथा नवनियुक्त गभर्नर डा. पौडेलको स्वागत कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्था जुन प्रभावकारी छन्, तिनीहरूमा कुनै ठूलो परिवर्तन नगरी निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै आवश्यक सुधार गर्ने स्पष्ट पारे ।

 गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यसको लागि उनले सबैको साथ र सहयोगको लागि अनुरोध गरे । कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?