जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रेडिट कार्डमार्फत झण्डै साढे ४ अर्ब कर्जा लगानी

क्रेडिट कार्डमार्फत झण्डै साढे ४ अर्ब कर्जा लगानी

क्रेडिट कार्डमार्फत बैंकहरुले झण्डै साढे ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पुस महिनाको मासिक विवरण अनुसार बैंकहरुले ४ अर्ब २८ करोड रुपैयाँ लगानी गरेका हुन्।

विद्युतिय भुक्तानी बढेसँगै बैंकहरुको क्रेडिट कार्डमा लगानी पनि बढ्दै गएको छ। अहिले धेरै ठाँउमा भुक्तानीको लागि क्रेडिट कार्ड प्रयोग हुने गरेको छ। यसले गर्दा पनि क्रेडिट कार्डको प्रयोग बढ्दै गएको छ।

वाणिज्य बैंकहरुमा पुस मसान्तसम्ममा नविल बैंकले सबैभन्दा धेरै ६२ करोड रुपैयाँ कर्जा क्रेडिट कार्डमा दिएको छ। यस्तै सिद्धार्थ बैंकले पनि ४३ करोड रुपैयाँ कर्जा दिएको छ भने स्ट्यान्डर्ड चाटर्ड बैंकले ४१ करोड रुपैयाँ कर्जा दिएको छ।

ग्लोबल आइएमई बैंकले ३८ करोड, कुमारी बैंकले ३४ करोड, माछापुच्छ्रे बैंकले ३० करोड र सनराइज बैंकले २२ करोड रुपैयाँ कर्जा दिएको छ।

वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबिआई, र सिभिल बैंकले क्रेडिट कार्ड मा कर्जा दिएका छैनन्। यी बैंकहरुले हाल कार्ड नै सञ्चालनमा ल्याएका छैनन्।

यसबाहेक एभरेष्ट बैंकले सबैभन्दा कम १० लाख रुपैयाँ मात्रै कर्जा दिएको छ भने प्रभु बैंकले १८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६३ लाख रुपैयाँ कर्जा दिएका छन्।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका