जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क २१.९० प्रतिशतले वृद्धि

नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क २१.९० प्रतिशतले वृद्धि

नेशनल लाइफ इन्स्योरेन्सको ३७औँ वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।

इन्स्योरेन्सले कुल चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ को १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक व्यवस्थता गरेको छ। ५ प्रतिशत बोनस सेयर थप भएपछि कम्पनीको कुल चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रुपैयाँ पुग्नेछ।

कम्पनीको कुल बीमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड पुगेको छ। समीक्षा वर्षको संचालनबाट १३६८.१८ करोड रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ। कुल बीमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई वर्षान्तमा ७९६०.१८ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, सर्मपण मूल्य, दावी एवं अन्य दावी भुक्तानीमा ८३२.८२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई ७०१५.४६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर २०८०/०८१ मा ९.१७ प्रतिशत कायम छ।

साधारण सभाले संस्थापक सदस्यहरूको तर्फबाट प्रेमा राज्य लक्ष्मी सिंह, रथी पवन बहादुर पाँडे र कुशल मल्ली तथा सर्वसाधारण समूह तर्फबाट कुलदीप शरण सिंह र भवानी राणालाई संचालक समितिमा निर्विरोध चयन गरेको छ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका