जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सीइओ सञ्चालक हुँदाको पीडा र यसले उब्जाएका सयौं प्रश्न ?

सीइओ सञ्चालक हुँदाको पीडा र यसले उब्जाएका सयौं प्रश्न ?

भनिन्छ वाणिज्य बैंकमा मासिक ८/१० लाख तलब खाएका सीइओहरु पदावधी सकिए पछि बैंकको सञ्चालक पदमा जाँदाको पीडा रोचक हुन्छ । एउटा हो तलब कम अर्को हो भूमिका र हैसियत कम । यी यस्तै प्रश्नका सामु पनि वाणिज्य बैंक र विकास बैंकका सीइओहरु सञ्चालक किन बन्दछन् ।

यसको उत्तर राष्ट्र बैंकसंग पनि छैन होला । तर, एक पूर्व सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई भने पीडा खपि नसक्नु नै हुन्छ । तर, केही बैंकमा चाहि अध्यक्ष नै भएर जानेले चाहि आफ्नो हालीमुहाली नै चलाएका छन् । सञ्चालक नै भएर जानेले चाहि ठूला कर्जा पास गर्ने भत्ता बुझ्ने बाहेक अरु गर्न सक्दैनन् । उनीले थपेः– २÷३ वटा बैंकमा चाहि अध्यक्ष नै भएकाहरुले सीइओको भूमिका नै निभाएको आभास चाहि बाहिर आउने गर्दछ ।

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडका राजनसिंह भण्डारी सीइओ थिए उनी अहिले अध्यक्ष भएका छन् । उनीले नै लक्ष्मी बैंकका तत्कालीन सीइओ सुदेश खालिङलाई सञ्चालक बनाए ।

मुक्तिनाथ विकास बैंकका पूर्व सीइओ भरतराज ढकालको बैंकमा शेयर बढि भएको भन्दै सीइओको म्याद नथप्न राष्ट्र बैंकले चेतावनी दिएपछि उनी अध्यक्ष भएर बैंकमा पुगे । यी दुई त पात्र मात्र हुन । भनिन्छ यी दुई बैंकमा यी दुई अध्यक्ष भण्डारी र ढकालले ठूलो भूमिका पाएका छन् ।

यीनैले ल्याएका मान्छे अहिले बैंकको सीइओ छन् र आज्ञाकारी छन् । यी कुरा हामीले किन उठाएका छौं भन्दा पीडा कति छ भन्ने प्रश्न पनि उठेको छ । सिटिजन्स इन्टरनेशनल बैंकका भण्डारीको ठूलो शेयर छ बैंकमा । यस्तै मुक्तिनाथ विकास बैंकका ढकालको त कुरौ नगरौ । ती बैंकरले थपेः– पात्र एउटै छन् प्रवृत्ती चाहि फरक देखिएको चाहि सत्य हो ।
जे भएपनि अनुभवी सीइओले अध्यक्ष भएर बैंकको संरक्षण गर्नु नराम्रो कुरा चाहि पक्कै होइन । तर, पूर्व सीइओनै बैंकको अध्यक्ष वा सञ्चालक बन्नु चाहि फरक र खोजपूर्ण पाटो चाहि पक्कै हो । नेपालमा कर्जा दुरुपयोग देखि पैसा ठगी सम्मका सयौ काण्ड बैंक भित्र छन् । कर्जा दिएकै कारण सीइओ जेल गएका उदाहरण पनि छन् । तर, अध्यक्ष र सञ्चालक जेल गएका कमै उदाहरण छन् ।

ठूला कर्जामा बैंक बोर्डले नै पास गरिन्छ भनिन्छ । तर, जेल सीइओ जाने गर्दछन् । हाम्रो नेपालमा । कुन बैंकका सीइओ कहाँ सञ्चालक र अध्यक्ष बने हेरौ रोचक छ कथा मिठो छ । पीडा तितो चाहि छ ।

बैंक व्यवस्थापनको उच्च तहमा पुगेका दर्जनौ बैंकका सिइओहरूको भूमिका अहिले फेरिएको छ । पहिला बैंकलाई कुन दिशामा लैजाने भनेर अहोरात्र खटिने पूर्वसिइओहरु अहिले बैंकलाई के कस्ता नीति बनाएर अब्बल बनाउ सकिन्छ भन्नेतिर लागेको देखिन्छ ।

बैंकका दर्जनौ सिइओहरू ‘कुलिङ पिरियड’ सकिनासाथ बैंकको सञ्चालक भएर जान थालेका छन् । ६ महिनाको अवधि सकिनासाथ अर्को बैंकको सञ्चालक भएर जान थालेका हुन् ।

लक्ष्मी बैंकका पूर्वसिइओ सुदेश खालिङ सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सञ्चालक भएका छन् । यसअघि सिटिजन्सका पूर्वसिइओ राजनसिंह भण्डारी त्यही बैंकको सिइओ छाडेपछि उक्त बैंकको सञ्चालक समितिको अध्यक्ष हुन पुगेको देखिन्छ ।

एनएमबी बैंकका पूर्वसिइओ उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालकमा भएका छन् । पछिल्लो समय सिइओ पद छाडेर बसेकाहरु कुनै न कुनै बैंकको सञ्चालक समितिमा जान लालहित देखिएका छन् । कारण के हो ? यसको चासो राष्ट्र बैंकले लिएको देखिदैन ।

लक्ष्मी बैंकका पूर्व सिइओ खालिङले लक्ष्मी बैंक छाडेपछि अन्य बैंकको सिइओ हुन खोजेका थिए । २७ वटै वाणिज्य बैंकमा सिइओ पद खाली नभएका कारण उनी अन्त्यमा सिटिजन्स बैंकको सञ्चालकमा हुन पुगेको स्रोत दाबी छ ।
एमएमबी बैंकका पूर्वसिइओ उपेन्द्र पौडेल पनि उक्त बैंकमा दुई कार्यकाल सकिएको ६ महिनापछि सिइओमा बस्न रुची नदेखाएपछि नबिल बैकको सञ्चालक भए ।

सिटिजन्स बैंकका पूर्वसिइओ राजन सिंह भण्डारी पनि त्यहा सिइओ छाडेको ६ महिनापछि बैंक सञ्चालक भएर आएका थिए । उनले त्यही बैंकमा लगातार दुई कार्यकाल (आठ) वर्ष बिताए । सोहीकारण उनी उक्त बैंकमा पुन सिइओ पदमा पाउँदैनेथे । त्यसैले उनी उक्त बैंकको सिइओ पद छाडे । बैंकको सञ्चालक समितिको अध्यक्ष भएका छन् ।

कुमारी बैंकका पूर्वसिइओ राधेश पन्त अहिले बैंक अफ काठमाण्डूंको सञ्चालक समितिको सदस्य छन् । राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ कृष्णप्रसाद शर्मा ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्य बने । सिभिल बैंकका पूर्व सिइओ किशोर महर्जन प्रोगे्रसिभ फाइनान्सको अध्यक्ष छन् । पहिले मुक्तिनाथ विकास बैंकको सिइओ भरतराज ढकाल अहिले सोही बैंक सञ्चालक समितिको अध्यक्ष छन् । यसरी हेर्दा मुक्तिनाथ विकास बैंकका ढकाल र सिटिजन्स इन्टरनेशनल बैंकका भण्डारीले चाहि बैंक चलाई रहेको मान्नेहरु धेरै छन् ।

नेपाल राष्ट्र बैंकले दुई कार्यकालभन्दा बढी एउटै बैंकको सिइओ वा सञ्चालक हुन नपाउने व्यवस्था गरेका कारण दुई वर्षको कार्यकाल सकिएसँगै सिइओ धमाधम अरु बैंकमा सञ्चालक बन्न पुगेको देखिन्छ ।

पछिल्लो पटक केही बैंकको मुख्य जिम्मेवारीमा रहेका सिइओहरुको कार्य क्षमतामाथि सञ्चालकले प्रश्न उठाउन थालेपछि समयअवधि नसकिदै उक्त पद छाडन बाध्य भएका छन् । त्यसरी छाडेका बैंकका सिइओहरु अन्यत्र उपयुक्त अवसर नपाएपछि बैंकको सञ्चालक बने र केहीभएपनि भत्ता लिएर परिवार चलाउनु चाहि वाध्यता नै होला ।
उपयुक्त अवसर नपाएकै कारण बैंकका पूर्वसिइओहरु बैंक सञ्चालक हुन पुगेको एक बैंकले दावी गरे । ‘दुई

कार्यकालभन्दा बढी एउटै बैंकमा बस्न नपाउने व्यवस्था गरेपछि पूर्व सिइओहरु बैंक सञ्चालक हुन पुगेका हुन्,’ उनले भने, ‘अन्यत्र उपयुक्त बिकल्प नभएपछि बैंक सञ्चालक बन्न पुगेका छन्, उनीले थपे । बैंक व्यवस्थापन तर्फको उच्च पद सिइओ छाडेपछि अन्य पदमा जाने कुरा पनि हुँदैन् । तरपनि भूमिका विहिन पदमा जानुको कारण चाहि गर्भमै छ ।

बैंकको सिइओको वार्षिक आम्दानी २ करोडभन्दा बढी हुन्छ । बोनस र कल्याणकारी कोषको सुविधासमेत जोड्ने हो भने एउटा सिइओले मासिक ३ करोड कमाउने गर्दछ ।

तर त्यही सिइओ त्यही बैंक सञ्चालक हुँदा वार्षिक ६ लाखभन्दा बढी कमाइ हुँदैन । बैंक सञ्चालक समितिको सदस्यले प्रति बैठक १२–१५ हजार रुपैयाँ मात्र पाउँछ रे । महिनामा बढीमा तीन बैठक भए पनि ५० हजार भन्दा बढी कमाइ हुँदैन् । यस हिसाबले वर्षमा बैंक सञ्चालकले ६ लाखभन्दा बढी कमाउँदैन् । तरपनि सीइओ नै बैंकहरुको सञ्चालक बन्न पुग्नुको कारण जनसम्पर्क र बैंकिङ्ग भित्र रहि रहने एउटा कडी मानिन्छ ।

नेपालको बैकिङ्ग इतिहासमा तीन कार्यकाल चलाउने सीइओ पनि छन् । प्राइम बैंक र हिमालयन बैंकका सीइओलाई राष्ट्र बैंकको २ कार्यकाल लागेको छैन । राष्ट्र बैंक चुपचाप छ । त्यसकारण मिलाएर बैंकको सीइओ पद जीवनभरी खाए पनि नेपालको कानुनले छेक्दैन कि कसो गर्भनर साब ?

8270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका