जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • साउन २२ गतेदेखि दुई एसयूभी अनावरण गर्दै सुजुकी, कुनको मूल्य कति ?

साउन २२ गतेदेखि दुई एसयूभी अनावरण गर्दै सुजुकी, कुनको मूल्य कति ?

दुई सुजुकी एसयूभीहरु अब नेपाली बजारमा पाइने भएको छ । सुजुकीले आगामी साउन २२ गते सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण गर्न लागेको हो ।

यससँगै ग्राहकले सो दिनदेखि नेपालको अधिराज्यभरका सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स हेर्न र टेस्ट ड्राईभ गर्न पाउने छन् ।

नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकोर्प तथा सीजी एनएक्सटीजीईएनले सो एसयूभीहरुको बुकिंङ्ग गत असार २९ गते देखि नै खुल्ला गरिएको थियो ।

कम्पनीका अनुसार जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ ।

कम्पनीका अनुसार ५-ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत ४डब्लुडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिक्स रिजिड एक्स्ले सस्पेन्सन जस्ता अफ-रोड सुविधाहरू समावेश गर्दछ । अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्ने कम्पनीले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका