जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • केटिएम हस्पिटालिटीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

केटिएम हस्पिटालिटीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

केटिएम ग्रुप होल्डिङ्स अन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ।

यस सम्बन्धमा कम्पनी र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच बुधबार (असार १८ गते) सम्झौता सम्पन्न भएको हो।सम्झौताअनुसार केटिएम हस्पिटालिटीले रु १०० अंकित मूल्यमा १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। कम्पनीको चुक्ता पूँजी ४५ करोड रुपैयाँ रहेको छ।

सम्झौता–पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष एवं प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे। यस अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको विशेष उपस्थिति रहेको थियो।

केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित लुभ्र होटल्स समूहसँग सहकार्य गर्दै चितवनमा ‘द रोयल ट्युलिप’ नामक लक्जरी पाँचतारे रिसोर्ट सञ्चालनको तयारी गरिरहेको छ। यो रिसोर्टले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने अपेक्षा गरिएको छ।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो, जसले विभिन्न वित्तीय सेवा तथा पूँजी बजार सम्बन्धी कार्यहरू गर्दै आएको छ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका