जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मौद्रिक नीतिमा पौडेललाई ६ पूर्वगभर्नरले दिए सुझाव

मौद्रिक नीतिमा पौडेललाई ६ पूर्वगभर्नरले दिए सुझाव

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो अवस्थामा रहेकाले आन्तरिक अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। उनीहरुले विदेशी मुद्राको सञ्चिति मजबुत रहेको भन्दै बजार माग बढ्ने खालको नीति अवलम्बन गर्न सुझाव दिएका हुन्।

डाकेर आगामी वर्षको मौद्रिक नीतिको छलफल आयोजित कार्यक्रमा उनीहरुले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो देखिएको बेलामा आन्तरिक अर्थतन्त्र चलाएमान बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका हुन्। पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालले बाह्य क्षेत्र सबल रहेको र ब्याजदर निक्कै तल झर्दा पनि लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थामा थुप्रिएकाले राष्ट्र बैंकले यसलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएको जानकारी दिए।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले बुधबार पूर्वगभर्नरहरुलाई डाकेको थियो। पूर्वगभर्नरहरु महाप्रसाद अधिकारी, डा. नेपाल, दीपेन्द्रपुरुप ढकाल, तिलक रावल, गणेशबहादुर थापा र भेषबहादुर थापा सुझाव दिन पुगेका थिए। पूर्वगभर्नरहरु विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षत्री, डा. युवराज खतिवडा लगायत भने छलफलमा देखिएनन्।

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका