जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई सहज हस्पिटल सेवा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई सहज हस्पिटल सेवा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) का क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेडले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

क्लिनिकल अध्यक्ष डा।योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका