जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • युनियन लाइफले चन्द्रलालको परिवारलाई दियो एक करोड मृत्यु दाबी भुक्तानी

युनियन लाइफले चन्द्रलालको परिवारलाई दियो एक करोड मृत्यु दाबी भुक्तानी

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमित चन्द्रलाल मास्केको परिवारलाई एक करोड २ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीको पाँचखाल शाखाले आज एक कार्यक्रमका विच मृतक चन्द्रलालको श्रीमती काका र भाईलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेको हो । युनियन लाइफ बागमति प्रदेश इन्चार्ज दोर्जे लामाले चेक मार्फत भुक्तानी दिएका हुन् ।

बीमित चन्द्रलालको २०७८ चैत २५ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो । २६ वर्षका चन्द्रलालको अस्पतालमा ल्याउदै ल्याउदै अल्पायुमै मृत्यु भएको थियो ।

बीमित चन्द्रलालले २०७७ भदौ २२ गते युनियन लाइफ इन्स्योरेन्स पाँचखाल शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्कको वार्षिक अग्रिम भुक्तानी बीमा पोलिसी खरिद गरेका थिए । बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्युबापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित एक करोड २ लाख ८० हजार रुपैयाँ क्षतिपुर्ती प्राप्त गरेका छन् ।

युनियन लाइफका अनुसार यो भुक्तानी यस क्षेत्रकै सबैभन्दा ठूलो दाबी रहेको जनाएको छ । हरेक घरलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य अनुरुप यस बीमा पोलिसीले बीमित चन्द्रलालको परिवारलाई आर्थिक क्षति हुनबाट जोगाएको कम्पनीका क्षेत्रिय प्रमुख लामाले बताए ।

कम्पनीका सिनियर एजेन्सी म्यानेजर निरन्जल अधिकारीले पाँचखाल लगायतका आसपासमा एक घर एक बीमा अभियान चलाइरहेको जानकारी गराए । यस क्षेत्रका हरेक परिवारलाई आर्थिक रुपले सुरक्षित गर्ने अभियान चलाइएको उनले जनाए । सिनियर एजेन्सी म्यानेजर अधिकारी २०२१ र २२ मा एमडिआरटी बन्न सफल भएका थिए ।

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?