जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेशनल लाईफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

नेशनल लाईफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सले २०८२ जेष्ठ महिनामाजारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनललाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखाप्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदानगरिएको थियो ।

प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरि पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेको थिए भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतिले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अपकमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुति सहित नेपालकाचर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी,बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुति रहेको थियो । यसै गरी चर्चित डि।जे। डिजे अमुको प्रस्तुतिमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएकाथिए ।

भव्य रुपमाआयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्यनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्सर्टलाइ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका