जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • श्रममन्त्री श्रेष्ठको सम्पती : २० कम्पनीमा लगानी, करोडौंको सेयर, काठमान्डूमा ३ घडेरी २ घर

श्रममन्त्री श्रेष्ठको सम्पती : २० कम्पनीमा लगानी, करोडौंको सेयर, काठमान्डूमा ३ घडेरी २ घर

कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मन्त्री भएको चार दिनमै आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेको चौथो दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

सार्वजनिक पद धारण गरेको ६० दिन भित्र सम्पती विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएपनि श्रेष्ठले मन्त्री भएको चौथो दिनमै सम्पति विवरण सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार काठमाण्डौमा उनको तीन स्थानमा जग्गा रहेको छ। काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।

त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ। 

त्यसतै उनले आफ्नो दुई घर रहेको सार्वजनिक विवरणमा उल्लेख गरेका छन्। उनले काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन्। 

उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन्। रु दुई करोड १७ लाख २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा रु १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख गरेका छन् । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा रु नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ । गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन्। उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन्।

उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा आफ्नो खाता रहेको विवरणमा खुलाएका छन् । त्यस्तै उनको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको उल्लेख छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । 

4790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका