जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नेको इन्स्योरेन्सको खुद नाफामा गिरावट

नेको इन्स्योरेन्सको खुद नाफामा गिरावट

नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा घटेको छ । जगेडा कोषमा रकम पनि घटेको छ ।

१ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६२ करोड २२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य घटेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।

समिक्षा अवधिमा १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य बढेको छ ।

समिक्षा अवधिमा कम्पनीले ६० करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३५ दशमलव ०२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३० रुपैयाँ ०२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २३० रुपैयाँ ५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २९.०८ गुणा रहेको छ ।

3390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका