जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई सारंग हेल्थ केयरमा विशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई सारंग हेल्थ केयरमा विशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोल स्थित सारंग हेल्थ केयर प्रा. लि. सँग विशेष सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत, एनआईएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यस विशेष छुट लिनका लागि ग्राहकवर्गहरुले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

सम्झौता अनुसार, बैंकका ग्राहकवर्गहरुले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनु हुनेछ । त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउन सक्नुहुनेछ ।

बैंकले आफ्ना ग्राहकवर्गहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । यस किसिमका सहकार्यहरूले ग्राहकहरूलाई सहज र किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका