जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकले गर्यो इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण

कामना सेवा विकास बैंकले गर्यो इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ ।

कामना सेवा विकास बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई हस्तान्तरण गरेका हुन्।

बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको अध्यक्षता र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री र सालिकराम खनाल र बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल–बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रमको सञ्चालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले गरेका थिए ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका