जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कल सेन्टर व्यवस्थापनका लागि आइएमई ग्रुपको सहायक कम्पनी रिगो र भक्सक्रोको गेटडेक्सबीच सहकार्य

कल सेन्टर व्यवस्थापनका लागि आइएमई ग्रुपको सहायक कम्पनी रिगो र भक्सक्रोको गेटडेक्सबीच सहकार्य

आइएमइ समूह अन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट कम्पनी रिगोले आफ्नो व्यवस्थापन विस्तारका लागि भक्सक्रोसँग सहकार्य गर्ने भएको छ। कल सेन्टर सेवा चुस्त र ग्राहकमा  गुणस्तरीय सेवा प्रदानका लागि यो सहकार्य गरिएको जनाइएको छ।

दुई कम्पनीबीच भएको सम्झौता अनुसार रिगोले आफ्नो कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि प्रयोग गर्नेछ।

मुलुकको अग्रणी मानव संसाधन तथा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी)का लागि काम गर्दै आइरहेको रिगोले आफ्नो व्यवसायिक योजना अगाडि बढाएको छ।

भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यवसायिक तथा अन्य संस्थाहरूले अपनाउँदै आएका छन्। फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डु लगायतका संस्थाले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आएको जनाइएको छ।

कम्पनीका अनुसार  दैनिक एक सय वा बढी फोन कल आउने संस्थालाई यो सेवा उपयुक्त छ। यो सेवाको सुरूवाती सेटअपका लागि  ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको जनाइएको छ।

सेटअपपछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ।

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका