जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विकास बैंकहरुले पनि व्याजदर घटाउने

विकास बैंकहरुले पनि व्याजदर घटाउने

विकास बैंकहरुले व्याजदर नियन्त्रण गर्ने भएको छ । आउँदो साउनमा विकास बैंकहरुले व्याजदर कम गरेपनि व्याजदर निर्धारण गर्नका लागि खुला नछोड्ने निर्णय गरेको छ । विकास बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सांग्रिला डेभलपमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठका अनुसार बजारमा निक्षेपको मागभन्दा आपूर्ति बढी रहेकाले साउनदेखि विकास बैंकहरुमा पनि व्याजदर घट्ने छ ।

उनले भने, ‘अहिलेको बजारको अबस्थालाई मध्यनजर गर्दै विकास बैंकहरुले पनि व्याजदरलाई छाडा भनेर मनपरी गर्न नदिने तर, आम ग्राहकलाई सहुलियत दिनका लागि व्याजदर कम गरेर जान सबै विकास बैंकहरु सहमत भएका छन् ।’
यता, बाणिज्य बैंकहरुले भने साउनदेखि व्याजदर निर्धारणमा कार्टेलिङ गर्ने निर्णय गरेका छन् । बाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघले लामो समयदेखिको कार्टेलिङ खारेज गर्दै निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई छाडेको छ ।
विकास बैंक संघले आगामी साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दरका बारेमा छलफल गर्न शुक्रबार सदस्य बैंकरहरुको बैठक डाकेको र उक्त बैठकले साउनदेखि नै लागूहुने गरि व्याजदर घटाउने निर्णय गरेको अध्यक्ष श्रेष्ठले आर्थिकन्युज डटकमलाई बताए । उनका अनुसार संघले राष्ट्रियस्तर र क्षेत्रीय स्तरका लागि दुई फरक ब्याज दर तय गरेको छ ।

अहिले राष्ट्रियस्तरका विकास बैंकहरुले एक बर्षे मुद्दतिमा १०.६ प्रतिशत र क्षेत्रीयस्तरकाले १.८५ प्रतिशत ब्याज पाइरहेका छन । साउन १ बाट राष्ट्रिय स्तरको विकास बैंकले ०.५० प्रतिशत बिन्दुले ब्याज घटाउने सहमति भएको छ । त्यस्तै, क्षेत्रीयस्तरको ब्याज राष्ट्रिय स्तरकोभन्दा ०.२५ प्रतिशत बिन्दुले बढि हुने छ । यसो हुँदा क्षेत्रीय स्तरका संस्थाले १०.३५ प्रतिशत ब्याज दर प्रकाशित गर्ने छन् ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?