जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • राष्ट्र बैंकबाट अवकाश पाएको दुई महिनापछि घिमिरेले पाए नयाँ जागिर

राष्ट्र बैंकबाट अवकाश पाएको दुई महिनापछि घिमिरेले पाए नयाँ जागिर

अर्थमन्त्री विष्णु पौडेलले नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरेलाई नियुक्त गरेका छन्।
मन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका घिमिरेलाई नागरिक लगानी कोषको अध्यक्ष बनाएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल र एमपीए गरेका घिमिरेले राष्ट्र बैंकमा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत विभागमा रहेर काम गरेका थिए। उनले गत जेठमा अवकाश पाएका थिए।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?