जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैंकले सच्यायो ऋणपत्रको संख्या

प्रभु बैंकले सच्यायो ऋणपत्रको संख्या

प्रभु बैंकले जेठ ११ गतेदेखि सार्वजनिक निष्कासन गर्न लागेको ऋणपत्रको संख्यालाई संशोधन गरेको छ ।

कम्पनीले सोमवार सार्वजनिक सूचनामा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको ऋणपत्रको संख्या १५ लाख ९७ हजार ५०० कित्ता हुनु पर्नेमा अन्यथा भएको भन्दै सच्याएको हो ।

कम्पनीले १० वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको कुल ४० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्तामध्य १६ लाख सामूहिक लगानीकोषका लागि ५ प्रतिशत सहित सर्वसाधारणमा विक्री गर्न लागेको हो भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो ।

प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ । प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

6170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका