Sticky Breaking News
जीवन बीमा कम्पनी गरे ७८ अर्ब दाबी भुक्तानी, पहिलो नेपाल लाईफ, दोस्रो एनआईसी नेपाल, तेस्रो नेशनल लाईफ इन्स्योरेन्स कम्पनीः एशियन लाईफको चमत्कार !

नेपालका जीवन बीमा कम्पनीहरुले ७८ अर्ब भन्दा बढि दाबी भुक्तानी गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । हाल नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०८१÷०८२ मा कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरण अुनसार अघिल्लो आव २०८०÷०८१ मा जम्मा ६६ अर्ब ४ करोड रुपैयाँको दाबी भुक्तानी दिएकोमा त्यसको तुलनामा गत वर्ष १९.२० प्रतिशत बढी दाबी भुक्तानी दिएको हो ।
समध्ये नेपाल लाइफले सर्वाधिक १९ अर्ब १९ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भने दोस्रोमा एलआईसी नेपालले १२ अर्ब ५९ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले ११ अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन् । त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र मेट लाइफले २ अर्ब ९४ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।
त्यस्तै सिटिजन लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब २८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँको दाबी भुक्तानी बीमितलाई दिएका छन् । यी नै कम्पनीहरूले अघिल्लो आवमा दिएको दाबी भुक्तानीसँग गत आवमा सम्बन्धित कम्पनीले दिएको दाबी भुक्तानी दाँजेर वृद्धिदर हेर्ने हो भने ३२.९४ प्रतिशतको वृद्धि सहित नेशनल लाइफ अग्रस्थानमा रहेको छ ।
दोस्रोमा ३२.६० प्रतिशतको वृद्धि सहित एशियन लाइफ छ भने तेस्रोमा २८.०१ प्रतिशतको वृद्धि सहित नेपाल लाइफ रहेको छ । त्यसैगरी सन नेपाल लाइफको २७.९९ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २४.७७ प्रतिशत र हिमालयन लाइफको २२.४३ प्रतिशतले दाबी भुक्तानीमा वृद्धि भएको छ । त्यस्तै एलआईसी नेपालको १५.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७.०१ प्रतिशत, सिटिजन लाइफको ४.५८ प्रतिशत र आइएमई लाइफको २.८९ प्रतिशतले दाबी भुक्तानी बढेको छ । यता सूर्यज्योति लाइफको ८.९१ प्रतिशत, मेट लाइफको ८.९४ प्रतिशत र सानिमा रिलायन्स लाइफको १०.८४ प्रतिशतले दाबी भुक्तानी घटेको वित्तीय विवरणले देखाएको भेटिएको छ । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार





































































