जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • ग्रीन डेभलपमेन्ट बैंकको १३ औं वार्षिकोत्सव सम्पन्न

ग्रीन डेभलपमेन्ट बैंकको १३ औं वार्षिकोत्सव सम्पन्न

ग्रीन डेभलपमेन्ट बैंक १२ वर्ष पुरा गरी सोमबारबाट १३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा आज बिहान ८ः०० बजे बैंकको केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा लायन्स क्लव अफ भद्रकालीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै यसै अवसरमा श्री रत्न शोभा माध्यामिक विद्यालयका आर्थिक रुपले विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई जुत्ता वितरण गरिएको थियो ।

बैंकले अनवरत रूपमा साथ एवं सहयोग प्रदान गर्ने बैंकका समस्त संस्थापक, अग्रज एवम् सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारीलगायत अन्य सरोकारवालाप्रति कृतज्ञताका साथै धन्यवाद ज्ञापन गरेको छ ।

यस बैंकले हाल बाग्लुङ, म्याग्दी, कास्की, तनुहुँ र नवलपुर जिल्लाका १५ वटा शाखा कार्यालयमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?