जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा ४६.९५ प्रतिशतले घट्यो

महालक्ष्मी विकास बैंकको नाफा ४६.९५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको नाफा ४६.९५ प्रतिशतले घटेको छ यसअवधिसम्ममा बैंकले ३७ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने १०.२१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा २ करोड ६७ लाख रुपैयाँ ऋणात्मक छ ।  बैंकको सञ्चालन नाफा ४६.४४ प्रतिशतले घटेर ५४ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा उक्त नाफा १ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.३८ प्रतिशतले घटेको छ ।

४९ अर्ब ५७ करोड रुपैयाँ कर्जा संकलन गरेको बैंकले यस अवधिमा ३६ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा छ । यस्तै, बैंकको प्रतिसेयर नेटववर्थ १५२ रुपैयाँ ८१ पैसा छ । गत आवको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा २.८९ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेको छ ।

1220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?