जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बीमालेख धितो राखेर बीमितले लिए एक खर्ब कर्जा

बीमालेख धितो राखेर बीमितले लिए एक खर्ब कर्जा

हाल नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले करिव एक खर्ब रुपैयाँ बराबरको कर्जा बीमितहरुलाई दिएका छन् । सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा आफ्ना बीमितहरुलाई कुल ९३ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ बीमालेख धितो कर्जा दिएका हुन् ।

कम्पनीहरुले प्रकाशित गरेका विवरण अनुसार जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.४६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले अघिल्ल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कुल ८९ अर्ब ९८ करोड २९ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुको बीमालेख धितोमा राखेर कर्जा सुविधा उपलब्ध गराउने गर्दछन् । नियमअनुसार बीमितले बीमा गरेको तीन वर्षपछि आफ्नो बीमांक रकमको समपर्ण मूल्यको ९० प्रतिशत रकम कर्जा स्वरुप प्राप्त गर्न सक्दछन् । जीवन बीमाले बीमितहरुलाई जोखिम रक्षावरणका साथै कर्जा सुविधा पनि उपलब्ध गराउने भएका निकै लाभदायी भएको बीमितहरुले प्रतिक्रिया दिने गरेका छन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स र एलआइसी नेपालले सबैभन्दा बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । साथै, यस अवधिमा आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले यस्तो कर्जा वितरण बढाएका छन् ।

नेपाली जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बीमालेख धितो कर्जा प्रवाहमा पनि एक नम्बरमा परेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई गत आवमा ३४ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ कर्जा वितरण गरेको छ । कम्पनीको कर्जा वितरण गर्ने तरिका पनि निकै सहज र झन्झटरहित रहेको छ ।

साथै, एलआइसी नेपालले २१ अर्ब ३० करोड ४८ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ६२ करोड २४ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले सात अर्ब ९२ करोड ४४ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले पाँच अर्ब १३ करोड ५४ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका