जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • होन्डा साइन बाइक अब १०० सीसीमा पनि

होन्डा साइन बाइक अब १०० सीसीमा पनि

होन्डा इन्डियाले आफ्नो निकै चलेको मोडल होन्डा साइन मोटरसाइकललाई १०० सीसी इन्जिन क्षमतामा पनि ल्याएको छ। कम्पनीले साइन बाइक सुरुदेखि १२५ सीसी क्षमतामा मात्रै बजारमा ल्याएको थियो।

बजारमा इकोनोमी मोडलको बिक्रीलाई ध्यानमा राख्दै होन्डाले सीसी क्षमता घटाएको मोटरसाइकल पनि प्रतिष्पर्धामा ल्याएको हो। साइन नेपालमा पनि निकै बिक्री भएको मोटरसाइकल मोडलमा पर्छ।

सीसी क्षमता घटाएर ल्याइएको बाइक खर्चमा अझ किफायती रहेको कम्पनीले जनएाको छ। यसको १०० सीसी इन्जिनले ८ हर्सपावर र ८.५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

यसमा अलोय ह्‍वील, डीआरएल, टेलिस्कोपिक सस्पेन्सन, कम्बाइन ब्रेकिङ सिस्टम, सेमि डिजिटल कन्सोल जस्ता फिचर छ।

होन्डाले साइन १०० को मूल्य ६४ हजार ९०० भारु निर्धारण गरेको छ। यो बाइक १२५ सीसीको साइन भन्दा सस्तो हुने कम्पनीले जनाएको छ।

अहिले भारतीय बजारमा मात्र यसको बुकिङ खुला गरिएको छ। मे महिनादेखि यो बाइकको डेलिभरी गरिने कम्पनीको भनाइ छ।

कम्पनीले इन्ट्री लेभल सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न होन्डा साइन १०० सार्वजनिक गरिएको जनाएको छ।

4360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका