जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार लाभांशमध्ये १० प्रतिशत बोनस सेयर हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। बैंकले पोहोर १२ प्रतिशत लाभांश वितरण गरेको थियो।

विकास बैंकतर्फ कामना सेवा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।

1025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका