जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग बीच सहकार्यको सम्झौता

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग बीच सहकार्यको सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयकाे व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेकाे छ ।

आइतबार उनीहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरू उपलब्ध गराउन सहमत कामना सेवा विकास बैंक सहमत भएको छ ।

त्यसैगरी, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ ।
उक्त सम्झौता पश्चात, बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ ।

बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई ईन्टर्नसीप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ ।

साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीहरुलाई दुई सोधकार्य गर्ने छात्रवृत्ति प्रदान गर्नेछ ।

3060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका