जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राख्ने अर्थमन्त्रालयको निर्णय

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राख्ने अर्थमन्त्रालयको निर्णय

अर्थ मन्त्रालयले निजी क्षेत्रसँग भएको छलफलमा दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक तथा भन्सार खुला राख्ने निर्णयको जानकारी दिएको छ।

मंगलबार अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले जानकारी दिए कि पहिरोका कारण बन्द भएको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले पहल गरिरहेको छ।

अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा आयोजित छलफलमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपका उद्योगी तथा व्यवसायी सहभागी थिए।

1830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?