जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लघुबीमा कम्पनीको लाइसेन्सका लागि दर्जन बढी कम्पनीले दिए निवेदन

लघुबीमा कम्पनीको लाइसेन्सका लागि दर्जन बढी कम्पनीले दिए निवेदन

एक दर्जनभन्दाबढी कम्पनीले लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति मागेका छन् । १२ वटा कम्पनी लघुबीमा कम्पनीको लाइसेन्स माग्दै नियामक निकाय बीमा समितिमा निवेदन दिएका हुन् ।

समितिले लघुबीमा सम्बन्धि गरेको अध्ययनले बजारमा बीमा कम्पनीहरूबाट लघुबीमा कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सो अध्ययनले लघुबीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि छुट्टै कम्पनीको आवश्यकता रहेको प्रतिवेदन पेश गरेको थियो ।
लघुबीमालाई प्रभावकारी बनाउनका लागि छुट्टै लघुबीमा कम्पनीलाई लाइसेन्स दिने समितिको संकेतपछि कम्पनीहरूले आवेदन दिएका हुन् ।

नियामक निकाय बीमा समितिले नयाँ बीमा कम्पनीका लागि लाइसेन्सको आवेदन भने खुलाएको छैन । तर, बीमा ऐनमाव्यवस्था भएबमोजिम लगानीकर्ताहरूले कम्पनी दर्ता गर्ने गरेको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार हालसम्म मुक्तिनाथ लघु बीमा कम्पनी, उपकार लघु बीमा, माछापुच्छ्रे लघु बीमा, बेस्ट लघु बीमा, नेश्डो लघु बीमा, उन्नती लघु बीमा, हब लघु बीमा, पायनियर लघु बीमा, अन्नपूर्ण लघु बीमा, साइन रेशुङगां लघु बीमा, लुम्बिनी लघु बीमा र जेन्युन लघु बीमालगायतका कम्पनीले आवेदन दिएका छन् ।

3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका