जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटियो: गभर्नर पौडेल

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटियो: गभर्नर पौडेल

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको छ । भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको थियो ।

प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत देवेन्द्र रमण खनालले बताए । बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको पाइएको हो।

‘२४ गतेको प्रदर्शनका क्रममा नयाँ बानेश्वर शाखा तोडफोड गरी १८ किलो सुन र ५ करोड रुपैयाँ बढी नगद रकम चोरी भएको पाइयो । कति क्षति भयो भन्ने विश्लेषण भइरहेको छ,’ सीईओ खनालले भने, ‘सर्वसाधारण ग्राहको लकर भने सुरक्षित रहेको छ । तर बैंकमा रहेको सुनसहित नगद भने चोरी भएको छ।’ चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित प्रहरीमा उजुरी गरिसकेको बैंकले जनाएको छ ।

बैंकले कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिएको सुन समेत चोरी भएको हो । भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनले भदौ २४ गते उग्ररुप लिएको थियो । सो क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंकको शाखामा तोडफोड तथा लुटपाट भएको थियो ।

संसद भवनमा तोडफोड तथा आगलागी गरेपछि एक समूहले बैंक शाखा कार्यालयमा प्रवेश गरेर तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो । बैंकको बानेश्वर शाखामा मध्य रातिसम्म पनि एउटा समूहले तोडफोड गरिरहेको थियो । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रण्मा लिएको थियो। कुन समूहले सुन र नगद चारी गर्यो भन्ने अझै खुलेको छैन ।

गभर्नर पौडेलले सोमबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरि त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारीसमेत लिएका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएम प्रभावित भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन् । गभर्नर पौडेलले ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको जानकारी दिए । त्यस्तै, ६९ वटा एटीएममा केही क्षति पुगेको भए पनि समग्र प्रणाली सामान्य अवस्थामा रहेको गभर्नर पौडेलको भनाइ छ।

630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?