जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आन्दोलन प्रभावित व्यवसायीलाई कर्जामा सहुलियत, कर्मचारीलाई तलब दिन २ प्रतिशत ब्याज अनुदान

आन्दोलन प्रभावित व्यवसायीलाई कर्जामा सहुलियत, कर्मचारीलाई तलब दिन २ प्रतिशत ब्याज अनुदान

जेनजी आन्दोलनबाट प्रभावित व्यवसायमा आवद्ध कर्मचारीलाई तलब भुक्तानी गर्न सरकारले ब्यज अनुदान दिनेगरी ‘पेरोल प्रोटेक्सन स्किम ल्याएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा संशाेधन गर्दै आन्दोलन प्रभवित व्यवसायको कर्मचारीलाई तलब भुक्तानी गर्न आधार दरमा ०.५ प्रतिशत प्रिमियममा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जामा सरकारले २ प्रतिशत ब्याज अनुदान दिने उल्लेख छ ।

जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न रोजगारदाता संस्था/प्रतिष्ठानले ‘पेरोल प्रोटेक्सन स्किम’ ल्याएकाे छ । यसका लागि बैंकिङ प्रणालीमार्फत् पारिश्रमिक उपलब्ध गराउन कर्जा माग गर्न सक्नेछन्, ।राष्ट्र बैंकले बैंक्हरुलाई जारी गरेको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० (शून्य दशमलब पाँच) प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्नेछ ।’उक्त प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, सोही अवधिसम्मका लागि मात्र प्रवाह गर्नुपर्ने निर्देशनमा उल्लेख छ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्मका लागि २ (दुई) प्रतिशत ब्याजदर नेपाल सरकारले अनुदान दिने उल्लेख छ ।उक्त अनुदान नेपाल सरकारबाट प्राप्त भएपश्चात् ऋणीलाई उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?