जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • स्रोत नखुलेको नगद कहीँ कतै भेटिए कानुन बमोजिम कारबाही गरिने !

स्रोत नखुलेको नगद कहीँ कतै भेटिए कानुन बमोजिम कारबाही गरिने !

अर्थ मन्त्रालयले तोकिएको रकम बाहेकको रकम वा स्रोत नखुलेको रकम भेटिए कानुन बमोजिम कार्बाही गर्नेगरी सवै निकायलाई निर्देशन गरेको छ ।अर्थ मन्त्रालयले विश्वका कुनै पनि देशबाट नेपाल आउने कुनै पनि देशी वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यबस्था गरेको छ ।

मन्त्रालयका अनुसार सो रकम भन्सार घोषणा बिना ल्याउन सकिन्छ । तथापी ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक पर्ने छ । अर्थ मन्त्रालयले हरेक नागरिकले अधिकतम अमेरिकी डलर १,५०० भन्दा बढी कुनै पनि मुद्रा नगदमा नराख्न सूचना जारी गरेको छ । यत्र तत्र एकहजार र पाँचसय रुपैयाँको नोट बन्द गर्ने हल्ला फैलीएकै बेला सरकारले यस्तो सूचना जारी गरेको हो । नेपाल आउने जो कोही नागरिकले अमेरिकी डलर ५ हजारसम्म मात्रै ल्याउन सक्ने छन् । सो भन्दा बढी रकम ल्याउनुपरेमा भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने छ ।

स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको पनि अर्थ मन्त्रालयले जनाएको छ । कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने छ।

1565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका