जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहकलाई चेली थकाली भान्छा घरमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चेली थकाली भान्छा घरमा आकर्षक छुट

प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइड स्थितचेली थकाली भान्छा घरबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताका बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचनर चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त रेस्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुलेचेली थकाली भान्छा घरद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गतचेली थकाली भान्छा घरमा सुविधा लिन चाहनुहुने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,चेली थकाली भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

4470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?