जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • क्यासिनोले अब इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

क्यासिनोले अब इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अब क्यासिनो लगायतका संस्थाहरुले इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्राको कारोबार गर्नका लागि अनिवार्य रूपमा बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको जनाएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ अनुसार क्यासिनोलाई विदेशी मुद्रा कारोबारको इजाजत प्रदान गर्ने व्यवस्था गरिएको छ ।’

1405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका