जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • २१ गतेदेखि एकीकृत कारोबार

२१ गतेदेखि एकीकृत कारोबार

मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरि आगामी असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट आगामी आइतबारबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको हो ।

यससँगै, गण्डकी बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २१ गतेबाट मेगा बैंक नेपाल लिमिटेडको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र पाएको मेगा बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय कास्कीको पोखरामा रहेको छ ।

5150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका