जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैकको नाफा ५८ प्रतिशतले वृद्धि, इपीस २३.३४ रुपैयाँ

प्रभु बैकको नाफा ५८ प्रतिशतले वृद्धि, इपीस २३.३४ रुपैयाँ

प्रभु बैक लिमिटेड (Prabhu Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब ४५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५८ दशमलव ३५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९१ करोड ७० लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब २३ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रभु बैकले जगेडामा ३ अर्ब ७० करोड ६७ लाख रुपैयाँ छुटाएको छ ।
प्रभु बैकले निक्षेपमा १० प्रतिशतले वृद्धि गरी १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख रुपैयाँ संकलन गरी कर्जामा ८६ अर्ब १६ करोड ९४ लाख रुपैेयाँ लगानी गरेको छ । जसले कर्जामा १९ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ७३ दशमलव ३१ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २४ दशमलव ६५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ४८ प्रतिशतले घटेर २ दशमलव ४२ प्रतिशत र जोखिम युक्त सम्पत्ति १ दशमलव २४ प्रतिशतले घटेर ११ दशमलव ४४ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ६७ गुणा, प्रतिशेयर नेटवर्थ १७० दशमलव १५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।

6595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका