जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैंले लिन सकिने

राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैंले लिन सकिने

राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरिएको छ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार कर दिवसको अवसरमा यस्तो प्रणालीको सुरुवात गरेका हुन् ।

उनले वार्षिक ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र लिने प्रणालीको समेत सुरुवात गरे ।

सो अवसरमा अर्थमन्त्री खनालले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा लगानीको आकर्षक गन्तब्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको बताए ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका