जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चांगनको नयाँ वर्ष अफरमा गाडी किन्दा ग्राहकलाई सिंगापुर र मलेसिया घुम्न जाने मौका

चांगनको नयाँ वर्ष अफरमा गाडी किन्दा ग्राहकलाई सिंगापुर र मलेसिया घुम्न जाने मौका

चांगनको नयाँ वर्ष अफरमा नयाँ गाडी खरिद गर्दा ग्राहकले सिंगापुर र मलेसिया घुम्न जान अवसर प्राप्त गर्न सक्ने योजना ल्याएको छ।

चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक गरेको हो। चांगन अटो नेपालले प्रिमियम सेडान ‘एल्सभिन र प्रिमियम पिकअप हन्टरहरु बिक्री गर्दै आएको छ।

कम्पनीका अनुसार यो अफर २०८० वैशाख १ देखि ३१ सम्मका लागि लागु हुनेछ। चांगनको गाडीहरु एमएडब्लुले नेपालमा बिक्री गर्दै आइरहेको छ।

यस अफरअन्तर्गत चांगनको कुनै पनि सवारी साधनको खरिदमा ग्राहकले सिंगापुर र मलेसियाको ५ रात र ६ दिनका लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन, आईवाच र एयर पोड) जित्‍न सक्ने कम्पनीले जनाएको छ।

यसका साथै चांगनको कुनै पनि गाडीको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिभ बोनस तथा स्क्र्याच कार्डमार्फत ५० हजार रुपैयाँसम्मको थप छुट पाउन सक्नेछन्।

यसैगरी आफ्नो कुनै पनि ब्रान्डको सवारी साधन साट्न इच्छुक ग्राहकले भने थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन्।

चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको बताएको छ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका