जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • १० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण कार्य अन्तिम चरणमा

१० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण कार्य अन्तिम चरणमा

नेपालका १० वटा ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । उनीहरुको लोन पोर्टफोलियो रिभ्यु गर्न बंगलादेशी अडिटरको टिम नेपालमा आएको थियो । उक्त टोलीबाट नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि स्थलगत सुपरीवेक्षण भइरहेको छ । बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीका लेखापरीक्षकसहितको टोलीले काम गरिरहेको छ । टोलीमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागि रहेका छन् । टोलीले बैंकका कर्जा फाइलहरू, कोर बैंकिङ सिस्टम, परियोजना लगानीको अवस्था र कर्जा भुक्तानी प्रक्रियाको विस्तृत अध्ययन गरीरहेको छ ।

गत चैतको वासलताका आधारमा धेरै कर्जा लगानी भएका ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक गरी १० वटा बैंक परीक्षणको दायरामा छन् । यो परीक्षण अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको विस्तारित कर्जा सुविधाको सर्तअनुसार भइरहेको हो । नेपाल राष्ट्र बैंकले खरिद प्रक्रियामार्फत बंगलादेशी फर्मलाई छनोट गरेको हो ।राष्ट्र बैंक स्रोतका अनुसार संयुक्त टोलीले सबै बैंकमा साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर मूल्यांकन गरीरहेको छ । कर्जाको सदुपयोग, ऋणीको परियोजनाको अवस्था, र कर्जा भुक्तानी प्रणालीको पनि परीक्षण भइरहेको छ ।

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका