जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बैंकले असोज १९ मा बोलायो विशेष साधारणसभा

नेपाल बैंकले असोज १९ मा बोलायो विशेष साधारणसभा

नेपाल बैंक लिमिटेडले असोज १९ मा विशेष साधारणसभा डाकेको छ। बैंकले अनलाइनबाटै आयोजना हुनेगरी बिहान ११ बजेबाट सभा सुरु हुने जनाएको छ ।

जुमको माध्यमबाट हुने उक्त सभामा बैंकले दुईवटा प्रस्ताव लैजाँदै छ । विशेष सभाले बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या हालको चार जनाबाट घटाएर तीन बनाउने र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या दुईबाट बढाएर तीनजना बनाउने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बैंकले प्रबन्धपत्र र नियमावलीलाई पनि समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले उक्त प्रस्तावसमेत सभामा पेश गर्ने भएको छ । प्रबन्धपत्र र नियमावली परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

बैंकले विशेष सभा प्रयोजनका लागि असोज ८ लाई बुक क्लोज मिति तोकेको छ । यसअनुसार असोज ७ सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

13485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका