
नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको लाइसेन्स खारेज गरेको छ । इजाजतपत्रको म्याद समाप्त भएको तीन महिनासम्म पनि नविकरण नगरेपछि ती कम्पनीको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसरी लाइसेन्स खारेज हुने दुबै कम्पनी काठमाडौँको सुनधारा क्षेत्रमा सञ्चालित थिए । लर्ड बुद्ध मनि एक्सचेञ्ज प्राली र स्तुपा मनीचेञ्जर प्रालीको इजाजतपत्र रद्द गरिएको कन्द्रिय बैंकले एक सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
यसबाहेक सगरमाथा मनी एक्सचेञ्ज, तारा मनीचेञ्जर, रोहित मनीचेञ्जर, नेशनल मनीचेञ्जर, अमृत लक्ष्मी मनीचेञ्जर र सुपरफाइन मनीचेञ्जरको पनि इजाजतपत्रको अवधि समाप्त भएर लाइसेन्स निष्कृय रहेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रिय बैंकबाट लाइसेन्स लिएर हाल ३१८ वटा मनीचेञ्जर सञ्चालनमा आएकोमा ८ वटा कम्पनीको लाइसेन्स निष्कृय भएपछि बाँकी ३१० कम्पनीभने सक्रीय हालतमा देखिएको छ ।

सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































